Thursday, June 20, 2024

क्रिकेटमा क्रिकेट क्लब अफ भीमान अग्रसर

सिन्धुली भीमान- “विकास अनुशासन र गतिशिलताको मुल आधार क्रीकेट” भन्ने नाराका साथ शनिबार सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ०९, भीमानमा क्रिकेट क्लब अफ भीमान र कटारी क्रिकेट क्लब बिच मैत्रीपूर्ण क्रीकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा क्रिकेट क्लब अफ भीमान बिजयी भएको छ । श्री जनजागृती मा.वि. भीमानको प्राँगणमा भएको रोमान्चक मैत्रीपूर्ण खेलमा भीमान १ रनले जीत हासिल गरेको छ । निर्धारित २०/२० ओभरको खेलमा कटारी क्रिकेट क्लबले टस जितेर पहिला बलिंङ रोजेको थियो । टस हारेर ब्याटिंगको निम्तो पाएको क्रिकेट क्लब अफ भीमानले १८ ओवर ४ बलमा ११७ रनको मध्यम स्कोर बनाउन सफल भएको थियो ।

११८ रनको मध्यम लक्ष पाएको कटारी क्रिकेट क्लबले १८ ओवर ५ बलमा ११६ रन बनाउन सफल भए संगै शनिबार भएको रोमान्चक खेलमा क्रिकेट क्लब अफ भीमान १ रनले बिजयी भएको हो । भीमानको जीतको लागि पिपल लामाले उत्कृष्ट खेल प्रदर्शन गर्नु भएको थियो । लामाले २ चौका र ५ छक्काको साथ कुल ४३ रनको योगदान गरि आफ्नो टिम लाइ सम्मान जनक स्कोर मा पुयाउन सफल हुनुको साथै फिल्डीङमा ३ क्याच समाउन सफल हुनु भएको थियो ।

क्रिकेट क्लब अफ भीमानका लामा म्यान अफ द म्याच घोषित गरिएको छ । साथै बेस्ट ब्याट्सम्यान कटारी क्रिकेट क्लबका टिम क्याप्टेन सुजित मण्डल घोषित हुनु भएको छ । मण्डलले १ छक्का र ४ चौकाको मदतले २९ रन बनाउनु सफल हुन भएको थियो र बेस्ट बलर क्रिकेट क्लब अफ भीमानका रबि लामा घोषित हुनु भएको थियो ।

लामाले आफ्नो ४ ओवरको स्पेलमा २३ रन खर्चेर ४ विकेट लिन सफल हुनुभयो । यसैगरी यो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्नका निमित्त राष्ट्रिय बाणिज्य बैंक भीमान शाखाका शाखा प्रमुख राजेन्द्र प्रजापति द्वारा रु.३,००० सहयोग गर्नु भएको थियो। भने बाकी रकम क्रिकेट क्लब अफ भीमानका खेलाडी स्वयमले जम्मा गर्नु भएको थियो ।

यसैगरी शनिबार भएको मैत्रीपुर्ण प्रतियोगितामा कमलामाई नगरपालिका वडा नम्बर ०९, का वडा अध्यक्ष बिनोद प्रधान , क्यान सिन्धुली अध्यक्ष संजय शाह , राष्ट्रिय बाणिज्य बैंक भीमान शाखाका प्रतिनिधिको उपस्थितिमा खेल सम्पन्न भएको थियो । ‍‌

उक्त्त समापन कार्यक्रममा वडा अध्यक्ष बिनोद प्रधान र क्यान सिन्धुली अध्यक्ष संजय शाहले, आगामी दिनहरुमा पनि साथ सहयोग र भिमानमा क्रिकेट बिकासको निमित्त पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । विजयी टीम तथा सहभागिहरुलाई भीमान क्रिकेट क्लबका प्रस्ताविक अध्यक्ष रामजी शाह र अतिथिद्वारा उत्कृष्ट खेलाडीहरुलाई मेडल तथा पाहुना टोलीलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles