Saturday, June 14, 2025

कर्मचारीले सेवाग्राही सँग घुस लिएको विषयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण

सिन्धुली– जिल्ला वन कार्यालय सिन्धुलीका कर्मचारीले सेवाग्राही सँग घुस लिएको विषयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण भएको छ । गत शुक्रबार ११ गते Falano News को Youtube Channel मा प्रसारीत सामग्री प्रति युवा संघ नेपाल सिन्धुलीले प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पिडितको पक्षमा आवाज उठाई सो सामग्री जस्ताको तस्तै प्रशारण गरेकोमा कार्यक्रमका प्रस्तोतालाई युवा संघ द्धारा धन्यवाद ब्यक्त गरिएको छ । जनताको सेवामा इमान्दार भई कार्य सम्पादन गर्नुपर्ने ठाउँमा सेवा ग्राही संघ घुस खाएर दुख दिने गरेकाले सो कार्यलयका कर्मचारीको अनुहार उदांगो पारिदिएको विज्ञीप्तीमा उल्लेख छ ।

डिभिजन वन कार्यालय सिन्धुलीमा कार्यरत कर्मचारी शुरेस कुमार श्रेष्ठले सेवा ग्राहीलाई दुख दिई पटक पटक गरेर घुस लिएको तथा सो घुस रकममा डिभिजन बन कार्यालय सिन्धुलीमा कार्यरत सयौँ कर्मचारीहरुको पनि संलग्नता रहेको भनी दिइएको बयानलाई हल्का रुपमा नलिन सबै सरोकारवाला निकायलाई विज्ञप्ती मार्फत भनिएको छ ।

सो घुस काण्ठ बारे सत्य तथ्य छानविन गरि उक्त कार्यमा संलग्न सबै कर्मचारीउपर हदै सम्मको कार्वाहि गर्न तथा दोषीलाई संरक्षण नगर्न कुनै ब्यक्ति या निकाय तथा डिभिजन वन कार्यालय सिन्धुलीलाई युवा संघ नेपालले चेतावनी समेत दिएको छ ।

सार्वजनीक सम्पत्ती र सार्वजनीक कार्यहरुको समुचित ब्यवस्थापन , निष्पक्ष उत्तरदायित्व र कानुनका अगाडि समानताका सिद्धान्त, र स्वाभिमानको रक्षाको आवश्यकता एवं भष्ट्राचारलाई तिरस्कार गर्ने संस्कृतिलाई परिपालन गर्ने कुरालाई समेत ध्यानमा राख्दै सिन्धुली जिल्लामा सार्वजनीक विदाको दिन सरकारी सम्पत्तिको दुरुपयोग विषयलाई समेत संगठनले नजिकबाट हेरिरहेको र सो कार्य पूर्ण रुपमा बन्द गराउन, अन्यथा उक्त कार्य उपर कडा प्रतिवादमा उत्रन राष्ट्रिय युवा संघ नेपाल सिन्धुली बाध्य हुने अध्यक्ष अरुण कुमार पाख्रिन द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

spot_img

Hot Topics

Related Articles