सिन्धुली – उदयपुर कटारीमा भएको मैत्रीपुर्ण क्रीकेट प्रतियोगिता २०८१ मा सिन्धुलीको भिमान विजयी भएको छ । बैशाख १५ गते शनिबार भएको मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा भीमान बिजयी भएको हो।

कटारीमा भएको मैत्रीपूर्ण खेलमा ८६ रनको फराकिलो अन्तरले भिमानले जीत हासिल गरेको हो । निर्धारित २०/२० ओभरको खेलमा टीम कटारी टस जितेर पहिला बलिंग रोजेका थिए । निर्धारित २० ओवर को खेलमा भीमान ५ विकेट गुमाउदै २२५ रनको बिशाल स्कोर बनाउन सफल भएको थियो ।

२२५ रनको बिशाल टार्गेट पाएको टिम कटारी १७ ओवर ३ बलमा १३९ समेटिएको थियो । भीमानको जीतको लागि प्रमोद कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । कार्कीले १०४ रनको योगदान गरे ।

साथै बेस्ट ब्याट्समान भीमान टिमका रवि शाहा घोषित भए। शाहाले ६९ रन बनाउनु का साथै बेस्ट बलर पनि घोषित भए । उनले आफ्नो ४ ओवर को स्पेलमा मात्र २० रन खर्चेर ५ विकेट लिन सफल भए ।

यसैगरी मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता सम्पन्नका निमित्त भिमान क्रिकेट टिमका पुर्व खेलाडि हाल अध्यनका शिलशिलामा अमेरिकामा बसोबास गर्दै आएका पुरज ढुङेल द्वारा सम्पुर्ण क्रीकेट किट , दुई थान ब्याट र सबै खेलाडीहरुलाइ जर्सी सहयोग गरेका थिए।
