Saturday, February 15, 2025

आगलागी नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी विद्यालय स्तरमा कार्यक्रम

सिन्धुली- आगलागी नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी विद्यालय स्तरमा अभिमुखिकरण कार्यक्रम सिन्धुलीमाढिमा आजबाट सुरु भएको छ । सुभारम्भ बाल सन्जाल कमलामाई नगरपालिका- ६ र कमलामाई नगरपालिका वडा नम्बर -६ को संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो ।


२०८१ जेष्ठ १ गते देखि जेष्ठ ७ गतेसम्म सन्चालन हुने कार्यक्रमको समन्वय सशस्त्र प्रहरी बल नेपाल सिन्धुलीले गर्नेछ । आज पहिलो दिन सिन्धुलीको शिद्धस्थली र भगवती बोडिङमा आगलागी नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी विद्यालय स्तरमा अभिमुखिकरण कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै आगलागि कसरी नियन्त्रण तथा ब्यवस्थापन गर्न सकिन्छ भनेर देखाईएको थियो ।


आयोजक सँस्था वडा नम्बर -६ का अध्यक्ष उज्वल थापाले अब चाँडै नै ६ नम्बर वडा बाल मैत्रि वडा घोषणा हुने जानकारी गराउँनु भयो । त्यसको लागि ९० प्रतिशत काम सकिएको पनि दावि गर्नुभयो । बाल मैत्रि वडा घोषणा गर्न वडाको प्रयासले मात्र सफल नहुने भएकाले सबैले आ – आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो । यहि असार मासान्त सम्ममा कमलामाईको ६ नम्बर वडा बाल मैत्रि वडा घोषणा गर्न लागिरहेको पनि अध्यक्ष थापाले बताउनु भयो ।


अर्काे आयोजक सँस्था सुभारम्भ बाल सन्जालका अध्यक्ष दिवस कुमार थापाले बाल मैत्रि वडा घोषणा गर्न ५१ वटा सुचक रहेको र सो मध्य यो कार्यक्रम एउटा रहेको जानकारी गराउँनु भयो । आगलागी नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी विद्यालय स्तरमा अभिमुखिकरण कार्यक्रम विद्यालयमा सन्चालन गर्न आवश्यक देखिएकाले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।


कार्यक्रममा विद्यार्थीहरुलाई आगोको वर्गिकरण, आगोको परिचय, बन डढेलो लाग्ने कारण, आगो नियन्त्रणका पक्षहरु लागाएतको विषयमा प्रत्यक्ष प्रयोगात्मक रुपमा देखाईएको थियो । कार्यक्रम अवधिभर सशस्त्र प्रहरी बल नेपाल सिन्धुलीका सुमन सुवेदीले कार्यक्रमको सहजिकरण गर्नुहुनेछ ।

spot_img

Hot Topics

Related Articles