सिन्धुली- स्वार्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि. सिन्धुलीले सदस्य शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

सँस्थाको आफ्नै सभा हलमा मंगलबार २५ जना शेयर सदस्यहरुको लागि सदस्य शिक्षा कार्यक्रम गरिएको हो ।

पछिल्लो समयमा सहकारी प्रति सदस्यहरुको विश्वास घट्दै गएको अबस्थामा सहकारी सुरक्षित छ भन्नका लागि कार्यक्रमको आयोजना गरिएको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि का प्रबन्धक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीको हाल सम्मको कारोबारको अबस्था, सँस्थामा रहेका बचतका प्रकार, ऋणलाई कसरी सदुपयोग गर्ने लगाएतका विषयमा शिक्षा दिईएको थियो ।

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि का अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सदस्य शिक्षा कार्यक्रमको सहजिकरण सहकारीका प्रबन्धक मोहन श्रेष्ठले गर्नु भएको थियो ।