सिन्धुली – स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि. सिन्धुली द्धारा बाल भेला कार्यक्रमको आयोजना गरिएको छ ।


आज बुधबार सँस्थाको सभाहलमा बाल बचत गर्ने सदस्यहरुको लागि सो कार्यक्रमको आयोजना गरिएको हो ।
सँस्थाले हरेक बर्ष बाल बचत गर्ने सदस्यहरुको लागि बाल भेला कार्यक्रम गरि कपि , पेन्सील लगाएत पठनपाठनका सामाग्री वितरण गर्दै आएको छ ।


बाल बचत गर्र्ने सदस्यहरुको लागि बचत गर्ने बानि बसाल्न पठनपाठनको सामग्री वितरण गरिएको सँस्थाका प्रबन्धक मोहन श्रेष्ठले जानकारी दिनुभयो । पठनपाठनको सामग्री लिईसकेपछि सदस्यहरुले खुशि ब्यक्त गरेका छन् ।

साथै यो कार्यलाई सकारात्मक रुपमा लिएका छन् । आगामि दिनहरुमा नियमित बाल बचत गर्ने समेत प्रतिबद्धता जनाएका छन् । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा सँस्थाका सल्लाहकार बालकुमारी श्रेष्ठ लगाएत सहकारीका सन्चालक समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

करिब एक सय पचास जना बाल बचत सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन सँस्थाका प्रबन्धक मोहन श्रेष्ठले गर्नुभएको थियो ।