Thursday, October 3, 2024

सिन्धुलीको सहकारी अभियानको ७ साझा संकल्प

सिन्धुली- जिल्ला सहकारी संघ लि. सिन्धुलीको आयोजनामा संचालित सहकारीको असल अभ्यास सिकाई कार्यशाला ७ वटा प्रतिवद्धताको संकल्प सहित समापन भएको छ । “ सहकारीमा सुसासन प्रविधि र एकिकरण” भन्ने मुल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियानको सुदृढिकरणको लागि मिति २०८० चैत्र १९ र २० गते दुई दिवसिय कार्यशाला संचालन गरिएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङलामाले उद्रघाटन गर्नु भएको कार्यशालामा विभिन्न पालिकाहरुको सह आयोजना तथा सहकारी संस्थाहरुको प्रायोजन तथा सहकार्यमा विभिन्न ७ विषयमा नेपालका उत्कृष्ठ सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा संचालक एवं उन्त्प्रेक व्यक्तित्वहरुको प्रस्तुतिकरण समेटीएको थियो थियो ।

सिन्धुलीको कमलामाई पाटि प्यालेसमा भएको कार्यक्रममा सिन्धुलीका ९ वटै स्थानिय तहका ३१२ सहकारी कर्मीहरुको सहभागिता रहेको थियो ।
पहिलो दिन पहिलो सत्रमा “सहकारीको छविमा विस्तारः अभियान र सरकार एकाकार” भन्ने विषयमा अभियानको तर्फवाट प्रोस्कुनका उपाध्यक्ष कल्पना श्रेष्ठको सहजीकरण र स्थानिय सरकारको तर्फवाट गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज वराल र फिक्कल गाउँपालिको तर्फवाट पालिका अध्यक्ष पार्वती सुनुवारको प्रतिनिधिमुललक सहभागीता रहेको थियो ।

दोश्रो सत्रमा “ अवको सहकारीको अवाश्यक्ता, एक सहकारी एक उत्पादनको व्यवस्था” भन्ने विषयमा एन. एम. सि. झापाका संस्थापक अध्यक्ष राम चन्द्र उप्रेतीको सहजीकरणमा थियो भन्ने तेश्रोे सत्र मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद वगालेको सहजीकारणमा ”सहकारीको संस्कारित अभ्यास ,स्वनियमन र शुसासनको विकास ” विषयमा छलफल तथा अन्तरकृयाका साथ सम्पन्न भएको थियो दोश्रो दिनको पहिलो सत्रमा विश्व उत्पेरक शिक्षक रमण भट्टराईको सहजीकारणमा “सहकारीको सफलताका लागि स्वः उत्पे्ररणा र सकारात्मक उर्जा” विषयमा उत्प्रेरक प्रस्तुति रहेको थियो ।

“संहकारीको शुद्धिकरण ,एकिकरण र वर्गिकरण” विषयमा जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालको सहजीकरण र “संहकारीमा विमा जोखिम न्यनिकरणको सिमा” भन्ने विषयमा सन नेपाल लाइफ इन्सुरेन्सका रणनितिक प्रमुख दिव्येश झाको सहजीकरण र अन्तिम सत्रमा“सहकारीको रुपान्तरणःअभियान र अभियन्तामा पुनरर्जागरण” भन्ने विषयमा राष्ट्रिय सहकारी महाँसंघका संचार अधिकृत राम सुधन तिमल्सिनाको सहजीकारणमा सम्पन्न भएको थियो ।


६७ औ. सहकारी दिवसमा दुई दिन सम्म संचालन भएको कार्यशालाको सहकारीको अन्तिम निचोडमा सिन्धुलीको सहकारी अभियानलाई सुधार्न सहकारीको ७ शिद्धान्त ७ पालना संगै ७ प्रतिवद्धताको संकल्प संकल्प पारित गरेको छ ।
के छ त संकल्पमा
सिन्धुलीको सहकारी अभियानको ७ साझा संकल्प
१. सहकारीको छविमा विस्तार गर्नका लागि सम्वन्धीत पालिका सरकार संग सहकार्य गरि समस्याको पहिचान, वर्गिकरण र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि साझा संजालको अभियानमा जोडिन प्रतिवद्र्धछौं ।
२. सहकारी संस्थाको सुदृढीकरणका लागि उदेश्य अनुरुप कार्य गर्ने, एक व्यक्ति एक सहकारीको संचालकमा मात्र रहने र सवै प्रकृतिका सहकारीले एक सहकारी एक व्यवसायकि उत्पादन मुलक कार्य गर्न प्रतिवद्ध छौं ।
३. न्युनतम दुई करोड भन्दा वढी वित्तीय तथा व्यवसायीक कारोवार गर्ने सहकारी संस्थाहरुले प्रविधिको प्रयोग गरि संस्था संचालन गर्न प्रतिवद्ध छौ ।
४. सहकारी तथा सदस्यको जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा गर्न प्रतिवद्धछौ ।
५.सहकारी अभियानको एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन लागि सहकारीमा सुशासन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्दछौं ।
६.सहकार्ीको संख्यात्मक ५१७ लाई न्युनिकरण गरि गुणात्मक सहकारी २५८ कायम गर्न कम्तिमा २ वटा सहकारी एक आपसमा एकिकृत भई १ गुणात्मकम सहकारी वन्न प्रतिवद्ध छौ ।
७ सहकारी अभियानको संस्कारित अभ्यासलाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघले जारी गरेको सहकारी संंस्कार मार्गदर्शन २०८० लाई पालन गर्न पर्न प्रतिवद्ध छौ ।

spot_img

Hot Topics

Related Articles