सिन्धुली – सहकारी सँस्थाका ब्यवस्थापकहरुको लागि क्षमता विकास तालिम आजबाट सिन्धुलीमाढिमा सुरु भएको छ ।


सहकारी क्षेत्रको एक मात्र बैँक राष्ट्रिय सहकारी बैँकको आयोजनामा भएको तालिम दुई दिन सम्म सन्चालन हुनेछ ।

आज पहिलो दिन सहकारीको परिचय र सिद्धान्तहरु ब्यवहारिक प्रयोग, सँस्थागत संरचना र सन्चालन प्रक्रियाको विषयमा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष साथै प्रोप्स्कुनका उपाध्यक्ष कल्पना श्रेष्ठले सहजिकरण गर्नुभयो ।


त्यस्तै आजै भएको तालिममा ब्यवस्थापकको भुमिका र जिम्मेवारी, ब्यवस्थापन प्रतिवेदनको विषयमा राष्ट्रिय सहकारी बँक लि.का अधिबक्ता साथै राष्ट्रिय सहकारी बैँक बागमति प्रदेशको प्रदेश प्रमुख रामेश्वर अरियालले सहजिकरण गर्नुभयो ।

राष्ट्रिय सहकारी बैँकको शिक्षा कोषमा छुट्याईएको रकमबाट दुई दिने ब्यवस्थापकहरुको लागि क्षमता विकास तालिम आयोजना गरिएको बैँकले जनाएको छ ।

दुई दिने तालिममा सिन्धुलीका ३९ वटा सहकारीका ब्यवस्थापकहरुको सहभागिता रहेको छ ।
