Monday, April 22, 2024

मृत्यु पछि दावि रकम भुक्तानी पक्रियामा बाहानाबाजी, युवा संघ नेपाल सिन्धुलीको ध्यानाकर्षण

सिन्धुली – मृत्यु पछि दावि रकम भुक्तानी पक्रियामा बाहानाबाजी गरेकोमा युवा संघ नेपाल सिन्धुलीले ध्यानाकर्षण भएको जनाएको छ । युवा संघ नेपाल सिन्धुलीले बुधबार एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।


आई. एम.ई. लाईफ इन्स्योरेन्सको कार्यालय सिन्धुली शाखाबाट तत्कालिन सेन्चुरी बैँक हाल प्रभु बैँकमा कार्यरत सुमन कार्किले बैँकबाट कर्मचारी कर्जा स्वरुप जग्गा खरिद गर्न चौतिस लाख रकम कर्जा स्वरुप लिनुभएको थियो । त्यस बापत बैँकले त्यतिनै बराबरको विमा आई. एम.ई.लाईफमा नै गरेको थियो । ठूलो रकम विमा भएकाले त्यस समयमा निज सुमन कार्कीलाई मेडिकलका लागि आवश्यक स्वास्थ्य परिक्षण गराई सबै रिपोट सहि देखिएपछि सक्कल कागजात आई. एम.ई. लाईफ इन्स्योरेन्सको प्रधान कार्यालय पठाएर विमा गरेको झन्डै एक बर्षको अन्तरालमा सुमन कार्किलाई एक्कासी पेट दुखेपछि प्राथमिक उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको थियो । धुलिखेल अस्पतालमा नै उनको मृत्यु भएको थियो ।

मृत्यु पछि विमा रकम भुक्तानी पक्रियामा हकवालाको घातक रोग बराबर चौतिस लाख र मृत्यु दावि बराबर चौतिस लाख गरि कुल रकम अठ्सठि लाख माग दावि गर्न जाँदा पाउनु पर्ने रकम आई. एम.ई. लाईफ इन्स्योरेन्सले रकम भुक्तानी गर्न बाहानाबाजी गर्ने, आलटाल गर्ने, र अनावश्यक दुख दिएको कुराले युवा संघ नेपाललाई दुखि तुल्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सो विज्ञप्ती मार्फत आई. एम.ई. लाईफ इन्स्योरेन्सलाई ध्यानाकर्षण गराउँदै हकवालालाई अन्याय नगर्न अनुरोध गरिएको छ । यदि सो कुरालाई अटेर गरि २४ घन्टा भित्र रकम भुक्तानी पक्रिया अगाडि नबढाए आई पर्ने जुनसुकै परिस्थीतीको जिम्मेवार स्वयम हुने चेतावनी समेत युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष अरुण कुमार पाख्रिन द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

spot_img

Hot Topics

Related Articles