शेषराज दाहाल
इतिहासकार बालचन्द्र शर्माका अनुसार सिमरौनगढ र तिनपाटनको इतिहास जोडिएको छ । जब
दिल्लीको सुल्तानले सिमरौनगढलार्ई आक्रमण गरि जितेपछि त्यहाँको अन्तिम राजा हरिसिङ्ग देव रानी
लिएर पाटन गए । त्यहिं पाटनदेविको मुर्ती लिई जाँदा पाटन दरबारले स्विकारेन र उनि मुर्तिसाथ
भक्तपुर दरबारमा शरण लिन पुगे । उनलाई त्यहाँ शरण त दिइयो । उनले पाटनदेविको मुर्ति त्यहीँ
राखि बसे । समय बित्दैगयो । उनी २\४ वर्ष त्यहीँ बसे । त्यहाँका राजाले उनकी रानीलाइ नैश्रीमती
बनाए पछि ज्यान जाने डरले पाटनदेविको मुर्ति लिई उनी उनी कोटगाउँ आई पाटनदेवीको मुर्ति
स्थापित गरे र उनि त्यहिँ बसे । त्यो पहिला डाडाँगाउँ थियो। राजाकाजि बसेपछि कोट धुने हुदा त्यो
डाँडो काटेर डाडागाउँ कोटगाउँ हुनपुग्यो । त्यहिँबाट उनले पाटनदेवि ३ ठाउँमा स्थापित गरेकाले त्यो
तिनपाटन हुन पुग्यो । तल फाँटतिर औलो लाग्ने हुँदा उनि कत्लेशिखर मा पनि बसे । कोटगाउँ र
कत्लेशिखर दुवैतिर उनकोबसाईं थियो । हरिसिङ्ग देव नै बसेको बेला कत्लेशिखरमा पुलिसको एकटुकडी
रहेको पनि कथन छ । त्यसबेला तिनपाटन दोलखा राज्य अन्तर्गत पर्दथ्यो । हरिसिङ्गदेवको मृत्यु त्यहिँ
भयो । त्यसैले इतिहासले हरिसिङ्गदेवको मृत्यु दोलखाको तिनपाटनमा भएको पुष्टी गर्दछ । हाल त्यो
सिन्धुली तिनपाटनमा हो । दोलखामा तिनपाटन भन्ने ठाउँ नै छैन ।

