Thursday, April 18, 2024

उँ बचत तथा ऋण सहकारीद्धारा फलफुल वितरण

सिन्धुली- उँ बचत तथा ऋण सहकारीले फलफुल वितरण गरेको छ । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला अस्पताल सिन्धुलीमा रहेका विस जना विरामी र ढङग्रेवासमा अवस्थित कृष्ण प्रणामी मन्दिरमा रहेका नौँ जना बृद्ध बृद्धालाई फलफुल वितरण गरिएको उँ बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यक्रममा सँस्थाका सन्चालक समिति , कर्मचारी, राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीका प्रमुख मिनिता पौड्याल लगाएतको सहभागिता रहेको थियो ।

उँ बचत तथा ऋण सहकारी सँस्था विगत लामो समय देखि सिन्धुलीको कमलामाई ६, १ नम्बर बजारमा कार्यालय रहि बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।

spot_img

Hot Topics

Related Articles