सिन्धुली - पछिल्लो समयमा सहकारीका गोष्ठी, तालिम र अन्र्तक्रिया कार्यक्रमहरु धेरै हुने गरेका छन् । त्यस्ता किसीमका तालिममा ब्यस्तता वा आफ्नो अनुकुल समय नमिलेर धेरै जना सहभागि हुन पाइैरहेका हुन्नन् । यी र यस्तै समस्याको समाधान गर्न र कम खर्चमा धेरै कुरा सिक्नको लागि कमलामाई नगरपालिकाले आफु मातहतका सहकारी सँस्थाहरुको लागि घरमै बसि बसि सहकारी बुझ्न र सिक्नको लागि राम्रो प्रविधि ल्याएको छ ।

कमलामाई नगरपालिका सिन्धुलीले डिजिटल सिकाईको प्लेटफर्मको लागि इविध्या प्रो डटकम सँग सहकार्य गरेर यो ब्यवस्था उपलब्ध गराएको हो । यो प्रविधिलाई सिन्धुलीमा ल्याउन आफुले सम्बन्धीत ठाउँमा धेरै पहल र मेहनत गरेकाले यसलाई नियमित रुपमा सन्चालन गर्न कमलामाई नगरपालिकाका सहकारी शाखाका प्रमुख इन्दीरा थापाले सबै सहकारी सँघ सँस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

आज एक कार्यक्रमका विच सहकारीलाई यो सुविधा लिनको लागि युजर आईडि र पासवर्ड उपलब्ध गराईएको छ । आज कार्यक्रममा उपस्थित नभएका र लिन बाँकी रहेका सहकारी सँघ सस्थाहरुले कमलामाई नगरपालिका सहकारी शाखामा गएर लिन सक्नेछन् ।
सो प्रविधिमा सहकारी सम्बन्धी विभिन्न तालिम तथा अनुभव आदान प्रदान सामग्रीहरु र विज्ञहरुको स्लाईडहरु प्राप्त गर्न सकिनेछ ।

आफुसँग भएको कम्प्युटर, ल्यापटप तथा मोबाई जस्ता उपकरणमा युजर आईडि र पासवड लगइन गरेसी भिडियो हेर्न सकिने र केहि थप घट गर्नु परेमा सल्लाह सुझाब दिन पनि इविध्या प्रो डटकमका विनय घिमिरेले बताउनु भएको छ ।

सिन्धुलीमा सन्चालि अधिकाशं सहकारीमा अन्य ठाउँमा देखिए जस्तो समस्या नभएकाले सबै सहकारीले एकै नजरले नहेर्न पनि कमलामाई नगरपालिका सिन्धुलीका उप प्रमुख मन्जु देवकोटाले आग्रह गर्नुभएको छ । यो प्रविधिले सिकाईमा थप उर्जा मिलेको कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
