सिन्धुली - ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीको असल अभ्यास सिकाई कार्यशाला हुने भएको छ । हरेक वर्ष चैत्र २० गते मनाईदै आएको राष्ट्रिय सहकारी दिवसको अवसर पारेर यहि चैत्र १९ र २० गते सहकारीको असल अभ्यास सिकाई कार्यशाला आयोजना गरिएको हो ।
सिन्धुली जिल्लाका सहकारी सँस्थाको सँस्थागत विकास तथा अनुशासनको संस्कारीत अनुकरणीय अभ्यास सिकाई आदान प्रदान उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी सँघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाले बताउनु भयो ।
सिन्धुलीमा हरेक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाईँदै आएको छ । यस वर्ष आयोजना गर्न लागिएको सहकारीको असल अभ्यास सिकाई कार्यशाला कार्यक्रमलाई महत्वका साथ हेरीएको छ ।
जिल्ला सहकारी सँघ सिन्धुलीको आयोजना, गाउँपालिकाहरुको सह आयोजना एवंम जिल्ला स्थीत सबै सहकारी सँघ सँस्थाहरुको सहकार्यमा हुन लागेको सहकारीको असल अभ्यास सिकाई कार्यशालामा सहभागि जनाउन नाम दर्ताको लागि यहि चैत्र १५ गते सम्मको लागि समय दिईएको छ ।
सहकारीको असल अभ्यास सिकाई कार्यशालाबारे थप जानकारी