सिन्धुली - कमलामाई नगरपालिका मेयर तथा उपमेयर खेलकुद प्रतियोगिता २०८० अन्तर्गत फुटबल तर्फको उपाधि वडा नं ५ ले जितेको छ ।

कमलामाई नगरपालिका ६ स्थित खम्बेचौरको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा वडा नं १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं ५ ले उपाधि उचालेको हो ।

प्रतियोगितामा जित हासिल गर्दै वडा नं ५ ले नगद ४० हजार रुपैयाँ पाएको छ । यस्तै, उपविजेता बनेको वडा नं १० ले २० हजार रुपैयाँ पुरस्कार पाएको छ । विजेता र उपविजेताले नगद पुरस्कार सँगै मेडल र प्रमाणपत्र पनि पाएका छन् ।

प्रतियोगितामा सेमिफाइनल खेलमा वडा नम्बर ५ वडा नम्बर १३ को पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो भने वडा नम्बर १ लाई हराउदै वडा नं १० फाइनलमा पुगेको थियो । ‘
स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नाराका साथ कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितीद्वारा प्रतियोगिता चैत्र ५ गतेदेखी सिन्धुलीमाढीमा शुरु भएको थियो ।