Thursday, April 18, 2024

ग्लोबल आइएमई बैँकद्धारा सिन्धुलीमाढिमा वित्तिय साक्षरता कार्यक्रम

सिन्धुली- ग्लोबल आइएमई बैँलले सिन्धुलीमाढिमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । बैँकले सिन्धुलीमा रहेका आफ्ना ग्राहकहरुको लागि सो कार्यक्रमको आयोजना गरेको हो ।

पछिल्लो समय डिजिटल बैँकिङ कारोबार राम्रो सँग प्रयोग गर्न नजान्दा ग्राहकहरु ठगिने क्रम बढ्दो छ ।


पैसालाई कसरी सहि तरिकाले प्रयोग गर्न सकिन्छ ,वित्तिय साक्षरताको महत्व, डिजिटल कारोबारका माध्यमहरु, ग्लोबल स्मार्ट प्लस, डिजिटल कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु लगाएतको विषयमा ग्लोबल आइएमई बैँल सिन्धुलीका कर्जा प्रमुख फडिन्द्र प्रसाद गौतमले जानकारी गराउनु भएको थियो ।


वित्तिय साक्षरता कार्यक्रममा एक सय पचास जनाको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैँक मुलुकका ७७ वटै जिल्लामा शाखा सन्जाल रहेको निजि क्षेत्रको पहिलो बाणिज्य बैँक हो ।

बैँकको ३५४ शाखा कार्यालय , ३७१ एटिएम, २७७ शाखा रहित बैँकिङ सेवा , ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरि ११ सय भन्दा बढि सेवा केन्दै रहेका छन् ।

spot_img

Hot Topics

Related Articles