अविनास थापा \सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले २७ औं नगर स्थापना दिवस मनाएको छ। नगरपालिकाले बुधबार एक विशेष कार्यक्रम गरी नगर स्थापना दिवस मनाएको हो।
नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरपालिकाले सबैभन्दा बढी घरबाहाल , व्यवसाय तथा सम्पती कर तिर्ने करदाताहरु तथा नगरपालिकामा रहेका उत्कृष्ठ कृषि उत्पादक तथा पशुपालक तर्फका प्रत्येक वडाबाट १र१ जना कृषकहरुलाई सम्मान गरेको छ।
जसमा सम्मानित हुनेहरुमा कृषि तर्फ १ देखि १४ नंम्बर वडाका क्रमशस् गुण बहादुर हायु , चित्र बहादुर बम्जन,यूवराज देवकोटा,धनमाया श्रेष्ठ, कविता सुनुवार,वेच बहादुर राई, पदम श्रेष्ठ, विमला आचार्य, विर्ख बहादुर माझी,दिल बहादुर थिङ्, पुण्यबहादुर श्रेष्ठ, केशर बहादुर तामाङ्,माधव फुयाल,तिलु माया खड्का रहेका छन भने पशुपन्छि तर्फ क्रमशस प्रेम बहादुर पाख्रिन, सम्बर बहादुर थिङ्, राजु चौलागाई, ज्योत्सल ढकाल,गणेश बहादुर रानामगर ,देव बहादुर खड्का, बेदराज न्यौपाने, दिपा कोईराला, बखत बहादुर थापा, हरिकृष्ण भट्टराई, फुलमान मुक्तान,देवकीमाया मगर, यसोदा सुवेदी,सावित्रा पहाडीलाई नगद सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।
यस्तै सबैभन्दा बढी कर बुझाउनेहरुलाई घरबहाल कर र सम्पतीकर र व्यबसाय कर गरी विभिन्न ३ विधामा सम्मान गरिएको हो । पालिकाको २७ औँ स्थापना दिवसको अवसरमा नगरपालिका क्षेत्र भित्रका आ.व.२०७९र०८० मा सर्वाधिक बहाल कर तिर्ने करदाता अचुतम प्र. गजुरेल, सम्पति कर सर्वाधिक तिर्ने करदाता उदय बिक्रम थापा, उद्योग व्यवसायीहरु मध्ये सर्वाधिक व्यवसाय कर तिर्ने अग्नि ईन कर्पोरिट प्रा. लि. लाई सम्मान गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरु विच भएको फुटवल प्रतियोगिता, भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई प्रमाणपत्र, नगद सहित ट्रफि वितरण गरिएको छ । त्यस्तै चम्चा दौड, म्यूजिकल चियर,व्याडमिन्टनमा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगिहरुलाई प्रमाणपत्र, ट्रफि, नगद सहित पुरस्कार वितरण गरिएको छ ।
नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको सभाध्यक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ् लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाको संस्थापक उपप्रमुख रस बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, भवानीबक्स गण सिन्धुलीका गणपति विमल वाग्ले , सशस्त्र प्रहरी नायव उपरिक्षक बलराम प्रसाई, नगरपालिकाका वडाअध्यक्ष,वडा सदस्यहरु, निर्वाचित जनप्रतिनिधि, संचारगृहका पत्रकारहरु लगायत नगर सभा सदस्यहरु र विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । छत्र बहादुर घिसिङले सञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।