Tuesday, November 18, 2025

एक दिने निशुल्क दन्त शिविर सिन्धुलीमाढिमा सम्पन्न

सिन्धुली - एक दिने निशुल्क दन्त शिविर सिन्धुलीमाढिमा आज सम्पन्न भएको छ ।

रोटरयाक्ट क्लब अफ सिन्धुलीगढि र रोटरयाक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेजको संयुक्त आयोजनामा भएको शिविरमा एक सय सत्तरी जनाले दन्त सम्बन्धी विभिन्न उपचार गराएका छन् ।

जसमा पचपन्ह जनाको किराले खाएको दाँत निकालिएको छ भने पैतिस जनाको दाँत भरिएको छ । केहि दन्त सम्बन्धी उपचारका लागि आएकाहरु सामान्य उपचार पछि घर फर्किएका छन् ।

शिविरमा उपचार हुन नसकेकाहरुलाई थप उपचारको लागि सिन्धुली अस्पताल रिफर गरिएको जनाईएको छ । शिविरमा कान्तीपुर डेन्टल कलेज र जिल्ला अस्पताल सिन्धुलीका चिकित्सकहरु उपचारमा खटिएका थिए ।

शिद्धबाबा मावि कमलामाई ६ पानिट्याँकिमा सन्चालन भएको एक दिने निशुल्क दन्त शिविर वडा नम्बर ६ को समन्वयमा भएको हो ।

Hot Topics

Related Articles