Tuesday, April 16, 2024

अन्तरविद्यालय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सिन्धुली जिल्लामा अवस्थित विभिन्न निजी तथा सामुदायिक माध्यमिक विद्यालयहरुबीच अंग्रेजी भाषामा जिल्लास्तरिय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता शुक्रवार सदरमुकाममा सम्पन्न भएको छ ।

नेपाल अंग्रजी भाषा शिक्षक संगठन ९नेल्टा० सिन्धुलीद्धारा आयोजित प्रतियोगितामा कमलामाई नगरपालिका ६ धुरावजारमा अवस्थित समय पाठशाला अंग्रजी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी कमलामाइ नगरपालिकाकै न्यु सिद्धस्थली अंग्रेजी माविले द्धितिय, साइनिङ मुन एकेडेमीले तृतिय स्थान हासिल गरेका छन् भने सिद्धस्थली अंग्रेजी मावि र सिन्धुसुप्रभात माविले सान्त्वना स्थान प्राप्त गरेका छन् । “वैदेशिक रोजगार नेपालमा समस्या कि अवसर” शिर्षकमा आयोजित प्रतियोगितामा समय पाठशालाका छात्र अमिस गुप्ता पहिलो, न्यु सिद्धस्थलीकी छात्रा कृपा भुजेल दोस्रो, साइनिङमुनकी छात्रा तुलसा कार्की तेस्रो, सिद्धस्थलीका छात्र डिप्लप फुँयाल र सिन्धुसुप्रभातका छात्र अभिजंग थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

साइनिङमुन एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रम नेल्टा सिन्धुलीका अध्यक्ष नानीबाबु घिमिरेको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी कार्यक्रममा नेल्टा सिन्धुलीका सल्लाहकार हरु ओम प्रधान, सन्तोष श्रेष्ठ, विश्वनाथ बराल, गणेश थापा लगायत विभिन्न विद्यालयका प्रतिनिधी शिक्षक तथा शिक्षिकाहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथी घिमिरेले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको भाषिक सिप तथा दक्षता विकास गर्न टेवा पुग्ने बताउनु भएको थियो । कार्यक्रममा विजयी विद्यालय तथा प्रतियोगीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

spot_img

Hot Topics

Related Articles