Saturday, February 15, 2025

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिनेको भिड

काठमाण्डौ – स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिनेहरुको भिड बढेको छ । आवेदन दिने अन्तिम दिन हिजो औद्योगिक विकास प्रतिष्ठानमा भिड बढेपछि टोकनको व्यवस्था गरिएको छ । टोकनअनुसार आवेदकलाई आउँदो १८ गतेसम्मको म्याद दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेसँगै चालू आर्थिक वर्षको बजेटमा भएको यो व्यवस्था कार्यान्वयनको बाटो खुलेको हो ।

यस अनुसार नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गरिन्छ । त्यस्तो कर्जा २५ लाखसम्म पाइन्छ । स्टार्टअप उद्यममा कर्जा लिन उद्यमका १६ वटा क्षेत्र तोकिएका छन् । कृषि तथा पशुपन्छी, वन पैदावर, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित क्षेत्रमा स्टार्टअप गर्न सकिने छ ।

सहज र सुरक्षित यातायात तथा परिवहन, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित क्षेत्रमा समेत स्टार्टअपलाई मान्यता दिने सरकारले जनाएको छ । यस्तै फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा पनि कर्जा लिन सकिने गरी कार्यविधि बनेको छ ।

कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत हुने व्यवस्था गरिएको छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाख रुपैयाँसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मका लागि दुई किस्ता र त्योभन्दा माथि २५ लाख रुपैयाँसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध हुनेछ । 

spot_img

Hot Topics

Related Articles