Thursday, April 18, 2024

विश्व सामाजिक मञ्चको सम्मेलनमा विभिन्न देशका समुदाय र क्षेत्रको विषयमा प्रस्तुतीकरण हुँदै

काठमाण्डौ - काठमाण्डौमा हिजोदेखि शुरु भएको विश्व सामाजिक मञ्चको १६औँ सम्मेलनमा आज विभिन्न देशका समुदाय र क्षेत्रको विषयमा प्रस्तुतीकरण र छलफल हुने कार्यक्रम छ ।

विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यका साथ हिजोदेखि चार दिने सम्मेलन शुरु भएको हो ।

आज आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने तालिका छ ।

आजै बेलुका विभिन्न देशका नागरिकले आआफ्नो पहिचान झल्कने सांस्कृतिक कार्यक्रम पनि गर्दैछन् । यसअघि हिजो अर्को विश्व सम्भव छ भन्ने नाराकासाथ शुरु भएको सम्मेलनको उद्घाटनका क्रममा ऐक्यबद्धता र्याली भएको थियो । सम्मेलनका लागि ९२ देशका ४० हजार नागरिक काठमाण्डौमा भेला भएका छन् । 

spot_img

Hot Topics

Related Articles