Thursday, April 18, 2024

मरिण गाउँपालिका स्तरीय तामाङ भाषामा मावि तहको हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

सिन्धुली - मरिण गाउँपालिका स्तरीय तामाङ भाषामा मावि तहको हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ मरिण गाउँपालिका कार्यसमितिको आयोजनामा आज मरिणमा सम्पन्न भएको हो । मन्जुश्री सम्वत २८६० डुकु (मुपुख्री) ल्हो सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको कार्यक्रममा मरिण गाउँपालिकाका दश वटा मावि विद्यालयको सहभागिता रहेको थियो ।

सो आयोजनामा कपिलाकोट मावि प्रथम, मावि खयरसाल द्धितिय , श्री मावि कात्तिके तृतिय र मावि बरुण सान्त्वना स्थान हुन सफल भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यालयलाई यहि माघ २६ गते नयाँ बस्तीको कृषि हाट बजारमा हुने ल्होसार कार्यक्रममा पुरस्कार सहित प्रमाणपत्र वितरण गरिने छ ।

प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्धितिय पुरस्कार सात हजार, तृतिय पुरस्कार पाँच हजार र सान्त्वना पुरस्कार दुई हजार नगद सहित प्रमाण पत्र वितरण गरिनेछ ।

नेपाल तामाङ घेदुङ मरिण गाउँपालिका कार्यसमितिका अध्यक्ष मोतिलाल गोलेको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिका शिक्षा शाखा प्रमुख नबराज बराल, नेपाल आदिबासि जनजाति महासँघ बागमति प्रदेश समन्वय परिषदका अध्यक्ष तथा नेपाल तामाङ घेदुङ निवर्तमान महासचिव काजिमान थिङ, विभिन्न वडाका अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

spot_img

Hot Topics

Related Articles