Thursday, January 23, 2025

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरमा विवाद

काठमाण्डौ – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरमा दुईवटा समानान्तर कमिटी गठन भएपछि विवाद उत्पन्न भएको छ । जिल्ला शाखा भक्तपुरको यही फागुन ७ गते भएको अधिवेशनले परशुराम पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

तर त्यसलाई अवैधानिक भन्दै अर्को समूहले बसन्तकुमार श्रेष्ठको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको छ । अस्ति सोमवार श्रेष्ठ नेतृत्वको टोली पदभार ग्रहण गर्न जाँदा पाण्डे नेतृत्वको कार्यदलसँग कार्यकक्षमै विवाद भएको हो ।

दुवै कार्यदलले आफू आधिकारिक पदाधिकारी भएको दाबी गर्दै आएका छन् । विवादपछि प्रहरीको समन्वयमा दुवै पक्षका अध्यक्षबीच छलफल गराएर सहमति गराउने प्रयास भइरहेको श्रेष्ठ नेतृत्वको तदर्थ समितिका कोषाध्यक्ष प्रेमप्रसाद खतिवडाले बताउनुभयो ।

मानवीय कल्याणको पवित्र उद्देश्यले खोलिएको नेपाल रेडक्रस सोसाइटीमा नेतृत्व विवाद, आर्थिक अनियमितता, राजनीतिक हस्तक्षेपजस्ता समस्या हुनु दु:खद् भएको उहाँको भनाइ छ ।

spot_img

Hot Topics

Related Articles