Monday, March 24, 2025

नुप्लाष्ट सिन्धुलीमा लोकप्रिय बन्दै

नुप्लाष्ट इन्ड्रष्टी्रज प्रालिले सिन्धुलीमा टेक्नीसीयन मिट प्रोगा्रमको आयोजना गरेको छ । नुप्लाष्ट सँग जोडिएका डिलर र प्लम्बर टेक्नीसीयनहरु सँग अन्र्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा कम्पनीको तर्फबाट बजारमा आएका आफ्ना सामानहरुको गुणस्तर र डिलरहरुको सल्लाह सुझाब, प्रतिक्रिया सिँधै कम्पनी सँग राख्न अवसर दिइएको थियो । लक्की गु्रप अन्र्तगत नुप्लाष्ट इन्ड्रष्ट्रिज पनि एक कम्पनी हो ।

जुन कम्पनीले नेपालमै पहिलो पटक विद्युतीय क्षेत्रमा प्रयोग हुने लिष्टी उत्पादन गरेको थियो । सो कम्पनीले वायर उत्पादन गर्ने कम्पनीहरुको लागि रेमेटिरियल बनाउँदै आएको छ । जुन वायर बनाउँदा तामाको माथि प्लाष्टिक लगाउने काममा प्रयोग हुने गर्दछ । यति मात्र नभएर नुप्लाष्ट इन्ड्रष्टी्रज प्रालिले आफ्नो ब्रान्डमा तातो चिसो पानीको लागि प्रयोग गरिने सिपिभिसि पाईप, पिभिसि पाईप र एग्रिकल्चर पाइप फिटिङ उत्पादन गर्दै आएको छ ।


कम्पनीको उत्पादनलाई ढुक्क भएर प्रयोग गर्न नुप्लाष्ट इन्ड्रष्टिज प्रा.लि.का सेल्स एण्ड मार्केटिङ बजार प्रमुख अभिनाष प्रताप सिँहले उपस्थिति सबै डिलर र प्लम्बर टेक्नीसीयनहरुलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुको तर्फबाट आएका सल्लाह सु्झाबलाई कम्पनीले छिटै कार्यान्वयन गर्ने पनि सिँहले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थिीत सबै डिलर र प्लम्बर टेक्नीसियनहरुलाई कम्पनीको तर्फबाट मायाको चिनो र प्रसँसा पत्र प्रदान गरिएको थियो । सहभागि डिलर र प्लम्बर टेक्नीसियनहरुलाइ प्रबेश कुपनको माध्यमबाट गोला प्रथाद्धारा पुरस्कृत समेत गरिएको थियो ।

नुप्लाष्ट इन्ड्रष्ट्री्रज प्रालिबाट उत्पादित सामानहरु केहि समय देखि सिन्धुलीमा लोकप्रिय बन्दै गएको छ । नुप्लाष्ट इन्ड्रष्टी्रज प्रालिद्धारा आयोजित टेक्नीसीयन मिट प्रोगा्रममा कम्पनीका डाइरेक्टर विशाल अग्रवाल, बजार प्रमुख सेल्स एण्ड मार्केटिङका अभिनाष प्रताप सिँह, जगदम्बा ट्रेड कन्र्सनका दिपेश खना लगाएतको उपस्थिती रहेको थियो । सिन्धुलीको लागि नुप्लाष्ट इन्ड्रष्टी्रज प्रालिका सामानहरुको मुख्य विक्रेता जय जगदम्बा ट्रेड कन्र्सन कनपा ६ रातमाटा रहेको छ ।

spot_img

Hot Topics

Related Articles