काठमाण्डौ – देशको पहाडी भूभागमा मौसम आंशिक बदली तथा अन्य ठाउँमा भने सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसमेत रहेको छ ।