Thursday, January 23, 2025

देशका धेरैजसो ठाउँमा मौसम बदली, भोलिदेखि मौसममा सुधार हुने

काठमाण्डौ – देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । मौसमविद्हरुले आज हल्का पानी पर्ने बताए पनि अहिलेसम्म कतै पनि पानी परेको छैन । तर बेलुकासम्म कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु बिहानैदेखि लागिरहेको छ । आज रातिदेखि पश्चिम नेपालको मौसममा सुधार हुने तथा बाग्मती, कोशी र मधेश प्रदेशमा भने भोलि बिहानदेखि मौसम खुल्ने पनि मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । 
 

spot_img

Hot Topics

Related Articles