सिन्धुली- स्वार्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि. सिन्धुलीले सदस्य शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।
सहकारीले नियमित रुपमा दिँदै आएको सहकारी शिक्षा कार्यक्रम सँस्थाको सभा हलमा मंगलबार शेयर सदस्यहरुको लागि सन्चालन गरिएको हो ।
पछिल्लो समयमा सहकारी प्रति सदस्यहरुको विश्वास घट्दै गएको अबस्थामा सहकारी सुरक्षित छ भन्नका लागि कार्यक्रमको आयोजना गरिएको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि. का प्रबन्धक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीको हाल सम्मको कारोबारको अबस्था, सँस्थामा रहेका बचतका प्रकार, ऋणलाई कसरी सदुपयोग गर्ने लगाएतका विषयमा शिक्षा दिईएको थियो ।
स्वार्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि सिन्धुलीलका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सँस्थाका ४५जना सदस्यहरुको सहभागिता रहेको थियो । सदस्य शिक्षा कार्यक्रमको सहजिकरण सहकारीका प्रबन्धक मोहन श्रेष्ठले गर्नु भएको थियो ।