Monday, March 24, 2025

आज र भोलि पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै – पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज र भोलि देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुका कारण पर्सि बुधवारदेखि सुदूरपश्चिमी क्षेत्रका पहाडी भेगमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना भए पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुुभयो । पर्सि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने उहाँको भनाइ छ ।यस्तै, तराई मधेसमा बिहानपख लाग्ने बाक्लोे हुस्सु र  कुहिरो दिउँसोपछि बिस्तारै हट्दै जान थालेको छ । यसले गर्दा तराईमा चिसो केही कम हुने मौसमविद्को भनाइ छ ।तराईमा लामो समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । तीव्र गतिको हावा चलेमा, पानी परेमा वा घाम लागेर तापक्रम बढेमा हुस्सु र कुहिरो हट्दै जाने मौसमविद्ले बताएका छन् । 

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा ० दशमलव ९ डिग्री सेल्सियसले बढेर ३ डिग्री पुगेको छ । हिजो काठमाण्डौ उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो । 

spot_img

Hot Topics

Related Articles