Tuesday, April 16, 2024

सल्यान बागचौरमा जेसिबि दुर्घटना,एक जनाको मृत्यु

सल्यान । सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा न.-३ स्यालागैरामा शनिबार बिहान रा १ क ८५९ नम्बरको जेसिबी दुर्घटना भएकोको हो ।

दुर्घटनामा परि दाङको गडवा गाउँपालिका वडा न.-५ घर भएका २४ वार्षिय सह चालक दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाका अनुसार तिरुपाते कम्पनीको जेसिबि सडक निर्माण गर्ने क्रममा एक्कासि जेसिबी अनियन्त्रित भइ सडकबाट अन्दाजी १० मिटर तल खस्दा सह चालक चौधरीलाई जेसिबिले च्यापेको थियो। उक्त घटनाको अहिले अनुसन्धान गर्ने काम भइ रहेको जनाइएको छ ।

spot_img

Hot Topics

Related Articles