Thursday, April 18, 2024

समृद्धिका लागि संकल्प यात्रा – एमाले अध्यक्ष ओली मंगलबार सिन्धुली आउँदै

सिन्धुली २५, मंसिर । झुलाघाटदेखि चिवाभन्ज्याङ सम्मको समृद्धिका लागि संकल्प यात्रामा निस्कीएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली मंगलबार (भोली) सिन्धुली आउने भएका छन ।
समृद्धिका लागि संकल्प यात्रा अन्तरगत नेकपा एमालेका संस्थापक नेता ऋषिराज देबकोटा (आजाद)को भुमि खुर्कोटमा मंगलबार बिहान ८ बजे आइपुग्ने नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालले जानकारी दिए ।
संकल्प यात्राको १३ औं दिन सिन्धुलीको खुर्कोटमा खुर्कोट एमाले अध्यक्ष तथा पूर्व प्रधामन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोसी, मरिण डाईभर्सनको स्थलगत अवलोकन र प्रगतिबारे जानकारी लिने कार्यक्रम छ ।
यस्तै बरिस्ठ पत्रकार शेषराज दाहालको २ थान पुस्तक विमोचन, मध्येपहाडी लोकमार्ग अन्तरगत सरकारले बनाउन लगोको नयाँ सहर विकास कार्यक्रम र स्थानीय समस्याहरुको बिषयमा जानकारी लिने दाहालको भनाई छ ।
राष्ट्रिय महत्वका साथ हेरिएको चियावारी,खुर्कोट सुरुङ्ग मार्ग र सिन्धुली महाभारत क्षेत्रकोकै प्रमुख नगदेबाली जुनारका समस्याहरुको बारेमा समेत जानकारी लिने कार्यक्रम तय गरिएको छ ।
यस्तै यात्राका क्रममा खुर्कोटमा सिन्धुली कलाघरको विभिद कर्यक्रम समेत छ ।
गोलन्जोरको देउरालीटार नेपाल कम्युनिस्ट पार्टीको २००८ मा गठन बारे जानकारी लिने र ग्वालटारमा पुगेर सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण गर्ने र स्थानीय संग भेटघाट गर्ने कार्यक्रम छ ।
‘सुलिभन्ज्याङ्गमा सहिद आजाद मार्गको स्थलगत अवलोकन र मागपत्र बुझ्ने तथा स्थानीयसंग छलफल र भेट्घाट गरिने छ । खाङ्गसाङमा मदन,आश्रीत प्रतिष्ठान फिक्कलको अबलोकन र स्थानीयसग भेटघाट गर्ने कार्यक्रम तय भएको छ,’ दाहालले भने ।
यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पदाधिकारी र नेताहरुको सहभागितामा घुर्मीरहर्कपुरमा मंगलबार नै विशाल आमसभाको आयोजना गरिने छ ।
नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ । उक्त अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो ।
बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ । यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ ।

spot_img

Hot Topics

Related Articles