Saturday, February 15, 2025

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७० वर्षीया कान्छीमाया घलानको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चखेल मातातीर्थ सडकखण्ड अन्तर्गत काठमाण्डौबाट मकवानपुरका लागि छुटेको बा २ ख ७२७२ नम्बरको बसमा यात्रा गरिरहेकी घलानलाई बसबाट ओर्लँदा त्यही बसले किचेर गम्भीर घाइते बनाएको थियो ।

उहाँलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा रिफर गरिएकाे थियाे । पछि थप उपचारका लागि बि एण्ड बि अस्पताल रिफर गरिएकाेमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । २६ वर्षीय बस चालक राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५४ वर्षीय पुरुष सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles