Thursday, April 18, 2024

पाेखरामा कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गयाे

कास्की - पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गएकाे छ । पाेखरा-५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे हाे । 

ज्यान गुमाउनेमा बाग्लुङ ढाेरपाटन घर भइ पाेखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान खुल्न बाँकी रहेका अन्दाजी ३५ पुरुष रहेका प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा ज्यान गएकाे हाे । दुर्घटनापछि कार चालक फरार रहेका छन् । कार भने नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । 

spot_img

Hot Topics

Related Articles