Monday, April 22, 2024

केही ठाउँमा मौसम आंशिक बदली : तराईमा हुस्सु

काठमाण्डाै - आज देशका केही ठाउँमा मौसम आंशिक बदली छ । काठमाण्डौ उपत्यकासहित अहिले बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी केही भागमा मौसम बदली छ। तराईका थोरै ठाउँमा हुस्सु छ।

घाम लागेपछि बिस्तारै हुस्सु हट्ने मौसमविद् गाेविन्द झाले जानकारी दिनुभयो। आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र बाँकी धेरै ठाउँमा सफा हुने अनुमान छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

spot_img

Hot Topics

Related Articles