Thursday, April 18, 2024

२ नम्बर वडा स्तरीय तेस्रो भलिबल प्रतियोगितामा शुभ विहानी युवा क्लब खट्टार ए प्रथम

सिन्धुली – शुभ विहानी युवा क्लव खट्टारको आयोजनामा हिजो देखि शुरु भएको कमलामाई नगरपालिका २नम्बर वडा स्तरीय तेस्रो पुरुष भलिबल प्रतियोगिताको आज समापन भएको छ ।

प्रतियोगितामा आयोजक शुभ विहानी युवा क्लब खट्टार ए प्रथम हुन सफल भएको छ भने द्धितिय पनि शुभ विहानी युवा क्लब खट्टार डि भएको छ । तृतिय निबुवाटार युथ क्लब ए हुन सफल भएको छ ।

प्रतियोगितामा विजेता टिमलाई बागमती प्रदेश सभा सदस्य माननीय छेत्र बहादुर बम्जनले विजेता खेलाडिलाई सिल्ड , मेडल, प्रमाण पत्र र पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा प्रथम टिमले खसि, द्धितियले बोका र तृतिय हुने टिमले भाले पुरस्कार पाएका छन् ।

सो प्रतियोगितामा कमलामाई नगरपालिका २ नम्बर वडाको आठ ओटा टिमको सहभागिता रहेको थियो । खेलमा सहभागि सबै टिमलाई एक एक ओटा भलिबल प्रदान गरिएको छ । कमलामाई नगरपालिकाको एक लाख सहयोगमा शुभ विहानी युवा क्लब कमलामाई २ खट्टारको आयोजनामा तेश्रो वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

शुभ विहानी युवा क्लब खट्टारको अध्यक्ष चन्द्र मान बम्जनको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य माननीय छेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

spot_img

Hot Topics

Related Articles