सिन्धुली - स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा एक लाख दुई हजारको अक्षय कोष स्थापना गरिएको छ । स्वर्गीय श्रेष्ठ १९८९ साल आश्विन १५ गते रामेछाप जिल्लाको भगेरी गाउँमा जन्मनु भएको थियो भने २०७९ आश्विन २९ गते उपचारको क्रममा विरेन्द्र शैनिक अस्पताल काठमान्डौँमा ९० बर्षको उमेरमा स्वर्गीय हुनु भएको थियो ।

स्वर्गीय श्रेष्ठ आफ्नो जिवन कालको लामो समय सम्म जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नागरिकता फाटमा कार्यरत रही राष्ट्रको लागि ठुलो योगदान पुर्याउनु भएको थियो ।

श्रेष्ठको हिन्दु परम्परा अनुसार मिति २०८० कात्तिक १९ गते बार्षिक पुन्य तिथिको अवसरमा उहाँको सम्मानमा आज शनिबार कमलामाई ७ डाँडाटोल सिन्धुलीमा श्रीमति खरिदेवि श्रेष्ठ र छोरा बुहारीहरु मुरारिदेब श्रेष्ठ (रेणु्का श्रेष्ठ) , महादेव श्रेष्ठ (रिता श्रेष्ठ), महेन्द्र देव श्रेष्ठ ( सरिता श्रेष्ठ), विनोद श्रेष्ठ साथै छोरीहरु मधु कुमारी श्रेष्ठ र मन्जु कुमारी श्रेष्ठ लगाएत स्वर्गीय मदन देव श्रेष्ठको परिवारबाट चिर शान्तीको कामनार्थ मदन देव श्रेष्ठ स्मृति अक्षय कोष २०८० स्थापना गरि कमलामाई –६ पानिट्ङकी सिन्धुलीमा रहेको शिद्धबाबा माध्यामिक विद्यालयलाई अक्षय कोष सन्चालन गर्ने र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिगत रुपमा दर्ता नभए सम्मको लागि सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई ६ सिन्धुलीमा खाता खोलि सन्चालन गरिएको छ ।

र सो रकमको त्रैमासिक रुपमा १३.७५ प्रतिशत ब्याजदर प्रदान गरिने जनाईएको छ । अक्षय कोषको बार्षिक ब्याजबाट आएको रकम विद्यालय परिवारको बार्षिक उत्सवमा कक्षा १ देखि १२ सम्मका विपन्न ,जेहेन्दार विद्यार्थिहरुलाई प्रोत्साहन स्वरुप छात्र वृत्ती वितरण गरिने छ ।

सो ब्याजदर भुत्तानी लिन विद्यालयका तर्फबाट प्रध्यानाध्यापक र अक्षय कोषको तर्फबाट स्वर्गी श्रेष्ठका साइला छोरा महेन्द्र देब श्रेष्ठको हस्ताक्षर रहने छ । अक्षय कोषको रकम अक्षय कोषको मर्म र भावना अनुसार मुल धन कहिलै चलाउन वा घटाउन नपाउने र ब्याज मात्र विद्यार्थीहरुलाई वितरण गरिने भनि दुई पक्ष विच हस्ताक्षर गरिएको छ ।

