Tuesday, April 16, 2024

सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको ज्यान गयो

सोलुखुम्बु – सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका-६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको ज्यान गएकाे हाे । 

मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाण्डौमार्फत सगरमाथा माध्यमिक वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमार्फत् माप्य पुगेका थिए । हिजाे सोमवार घेराबार उद्घाटन गर्ने कार्यक्रम रहेको थियाे ।बोऋनकाे शव कानुनी प्रक्रिया गरी हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएकाे प्रहरीले जनाएकाे छ । 

spot_img

Hot Topics

Related Articles