सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले बताउदै आएका छन ।
तलब दिनुको सट्टा साईडमा काम गरेको भत्ता समेत आफैले लिएर चाडबाडको मुखमा तैले काम गरेको के प्रमाण छ भन्दै अपरेटरहरुलाई दुःख दिने काम बर्सौदेखि गर्दै आएको अपरेटरहरुको गुनासो छ ।
सोहि बर्तौलाको कम्पनि स्यार्सेकालिका निर्माण सेवा प्रालि मा केहिबर्ष अगाडि ४ बर्ष सम्म काम गरको पैसा नदिएको बताउदै नेपाल हेब्बि ईक्वीपमेन्ट अपरेटर सँघका अध्यक्ष सन्तोष श्रेष्ठले आफु सोषणमा परेको र सोषणमै रहेतापनि अन्य सदस्यहरुको काम गरिरहेको बताउदै अब सम्पुर्ण साथिहरुले न्याए दिलाईदिनका लागि अनुरोध समेत गरेका छन ।
तलब भत्ता दिनुको सट्टा अनेकौ समस्याहरु देखाएर उल्टै पैसा हाल्न लगाई लाखौ रुपैया पैसा सापटि समेत फिर्ता नगरेको बताउदै नेतृत्वमा रहेको ब्यक्तिनै ब्यबसायिको सोषणमा रहे अन्य सदस्यहरु सोषण हुनबाट छुटकारा नहुने बताउनु भयो ।
हिसाब गरेर तलब भत्ता दिनुको सट्टा सापटि स्वरुप पठाईको रकमसमेत के प्रमाण छ भन्दै बिभिन्न गालिगलौज गरि धम्किदिने प्रबिति बिगत देखिनै रहेको र सहदै आएता पनि आफु बिरामि भएर अस्पतालमा रहदा समेत आफुले पाउनुपर्ने रकम नपाएपछि आफु अन्याएमा परेको र सो का निमित्त न्यायदिलाउन सम्पुर्ण मजदुर साथिहरु लाग्नुपर्ने पालिका आवाज सग गुनासो पोख्नुभयो ।।