Thursday, April 18, 2024

शुभ विहानी युवा क्लब खट्टारद्धारा तेश्रो वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने

सिन्धुली – शुभ विहानी युवा क्लब खट्टारद्धारा तेश्रो वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ । कमलामाई नगरपालिका सिन्धुलीको प्रायोजनमा र शुभ विहानी युवा क्लबको आयोजनामा हुने पुरुष भलिबल प्रतियोगिता कात्तिक २६ गते देखि २७ गते सम्म सन्चालन हुने क्लबका अध्यक्ष चन्द्रमान बम्जनले जानकारी दिनुभयो ।

सो प्रतियोगितामा प्रथम टिमले सिल्ड, मेडल, प्रमाण पत्र सहित पन्ध्रहजार वा सो बराबरको खसि पाउनेछन् । द्धितिय टिमले सिल्ड, मेडल, प्रमाण पत्र सहित सात हजार वा सो बराबरको बोका, तृतिय टिमले सिल्ड, मेडल, प्रमाण पत्र सहित तीन हजार वा सो बराबरको कुखुरा भाले पाउनेछन् । खेलमा कमलामाई नगरपालिका वडा नम्बर २ भित्रका खेलाडिहरु मात्र सहभागि हुन पाउनेछन् । प्रतियोगितामा सहभागि हुने इच्छुक टिमले कात्तिक २५ गते भित्र टिम दर्ता गरिसक्नु पर्नेछ । दुई दिन सम्म सन्चालन हुने तेश्रो वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता कमलामाई नगरपालिका २ स्थति श्री बम्बेश्वर आवासिय विद्यालयको प्राङगण, खट्टारमा हुनेछ ।

spot_img

Hot Topics

Related Articles