Saturday, December 14, 2024

विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापन गरिदिन्छु- मन्त्री गंगा नारायण श्रेष्ठ

सिन्धुली – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशबाट विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापन गरिदिने प्रतिबद्धता गर्नुभएको छ ।


सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामे स्थित कमला माध्यमिक विद्यालमा पूर्व विद्यार्थी समाजले आज आयोजना गरेको बृहत देउसी भैलो कार्यक्रममा श्रेष्ठले सो कुरा बताउनु भएको हो । श्रेष्ठ सो विद्यालयको पुर्व विद्यार्थी समेत हुनुहुन्छ । बृहत देउसी भैलो कार्यक्रमबाट २ं लाख ५४ हजार ४ सय ७६ रुपैयाँ नगद संकलन भएको छ ।


कमला माध्यमिक विद्यालय सिलामेका अनाथ विद्यार्थीहरुलाई शुद्ध खानेपानी व्यवस्थापनको निम्ती सहयोगको लागि देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयको व्यवस्थापनमा बागमती प्रदेशको तर्फबाट सहयोगको लागि पहल गरिने उहाँको भनाई छ । विद्यालयलाई हरेक माध्यमबाट सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा कला घर सिन्धुलीले देउसी भैलो सँगै गिती नाटक समेत प्रस्तुत गरेका थिए ।आज विद्यालयको प्राङ्गणमै विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष देव श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा बृहत देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो ।

spot_img

Hot Topics

Related Articles