काठमाण्डाै - भोलि र पर्सि पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भोलि र पर्सि दिउँसोपछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

वर्षाको सम्भावना रहेकाले धान नकाट्न र काटेको भए भित्र्याइहाल्न उहाँको सुझाव छ । अहिले पहाडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । पहाडी क्षेत्रका कतिपय ठाउँमा धान काटेकै दिन चुटेर भित्र्याइन्छ भने केही ठाउँमा सुकाएर तीन पछि मात्र चुट्ने गरिन्छ ।

भोलि र पर्सि हल्का वर्षाको सम्भावना रहेकाले काटेको धानमा असर पर्न सक्ने भन्दै मौसमविद्ले धान नकाट्न सुझाव दिएका हुन् । मौसमविद्का अनुसार आजको मौसम भने सामान्यतया सफा नै रहने छ । तर, पहाडी क्षेत्रमा भने दिउँसो पछि आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।