Thursday, April 18, 2024

प्रथम राष्ट्रिय युवा सँघ घ्याङलेख कप खुल्ला नकआउट सेभेन ए फुटबल प्रतियोगिता उद्घाटन

सिन्धुली – प्रथम राष्ट्रिय युवा सँघ घ्याङलेख कप खुल्ला नकआउट सेभेन ए फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । हिजो घ्याङलेख ३ तामाजोरमा राष्ट्रिय युवा सँघ केन्द्रीय उपाध्यक्ष पुष्प श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

श्रेष्ठले स्वास्थ्यको लागि खेलकुद अति आवश्यक रहेकाले खेल आयोजकलाई धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । युवा सँघ नेपाल सँधै युवाहरुको क्षेमता विकासमा लागिरहने र लाग्न प्रेरित गर्ने समेत बताउनु भयो ।

राष्ट्रिय युवा सँघ नेपाल घ्याङलेख गाउँ कमिटीका अध्यक्ष धन कुमार गोलेको अध्यक्षता, राष्ट्रिय युवा सँघ केन्द्रीय उपाध्यक्ष पुष्प श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य तथा पूर्व मन्त्री प्रदिप कटुवालको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले कमलामाई नगरकमिटि अध्यक्ष महेन्द्र देब श्रेष्ठ, राष्ट्रिय युवा सँघका केन्द्रीय अध्यक्ष देव राज वाइवा, घ्याङलेख गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष अमृत वाइवा, सुनकोशि गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जिवन बुर्जा, घ्याङलेख गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष निश्चल सुनुवार , नेकपा एमाले घ्याङलेख गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थिङ लगाएतको उपस्थिती रहेको थियो । हिजो उद्घाटन खेलमा मरिण स्पोट र तामाजोर ए विच भएको खेलमा तामाजोर ए ले १ गोल गर्न सफल भई विजयी भएको छ । आजको खेल विहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles