Tuesday, April 16, 2024

डोटीमा जीप दुर्घटना, आठ महिनाकी बालिकासहित चार जनाको ज्यान गयो

काठमाण्डाै – डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।

घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ । 

spot_img

Hot Topics

Related Articles