Tuesday, April 16, 2024

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति रिहा गर्ने भएका छन् । हमासले प्रतिदिन कम्तिमा १० इजरायली बन्धकलाई मुक्त गर्नेक्रमलाई निरन्तरता दिएमा युद्धविराम लम्बिन सक्ने इजरायलले जनाएको छ ।इजरायल र हमासबीचको ४ दिने अस्थायी युद्धविराम सकिएलगत्तै हिजो र आज गरी ४८ घण्टा थपिएको थियो । पाँचौँ दिन अर्थात् गएराति पनि इजरायल र हमासले केहीलाई रिहा गरेका छन् । हमासले १२ जना बन्धकलाई रिहा गरेको छ । योसँगै गएको शुक्रवारदेखि शुरु भएको युद्धविराममा हमासबाट रिहा हुनेको संख्या ८१ पुगेको छ । यसमा विदेशी नागरिक समेत रहेका छन् । लगत्तै गएराति नै इजरायलले ३० जना प्यालेस्टिनी बन्धकलाई रिहा गरेको रोयर्टसले जनाएको छ ।

युद्धविरामका क्रममा रिहा भएका प्यालेस्टिनीको कुल संख्या एक सय ८० जना पुगेको छ । हमास समूहले बन्धकहरू छाडिरहेको भए पनि उसको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन । परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन हमास समूहसँग सिधा सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहलका लागि निरन्तर प्रयास भैरहेको बताउँदै आउनुभएको छ।

spot_img

Hot Topics

Related Articles