Monday, March 24, 2025

सर्लाहीमा जङ्गली हात्तीकाे आक्रमणमा परि एक जनाकाे ज्यान गयाे

सर्लाही - सर्लाहीमा जङ्गली हात्तीकाे आक्रमणमा परि एक जनाकाे ज्यान गएकाे छ ।

रामेछाप लिखुतामाकाेशी घर भइ सर्लाहीकाे हरिवन नगरपालिका-७ टाइवान बस्ने १८ वर्षीय शिवप्रसाद दाहालकाे आज बिहान हात्तीकाे आक्रमणबाट ज्यान गएकाे हाे । 

जानकीनगरकाे जङ्गलमा बिहान घाँस दाउरा लिन गएकाे बेला उहाँलाई हात्तीले आक्रमण गरेकाे हाे । हात्तीकाे आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles