Monday, March 24, 2025

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीका २३ वर्षीय प्रेम मगर, दोलखाका २६ वर्षीय लालमान तामाङ र रामेछापका २ का २६ वर्षी प्रेम रसाइली छन् ।

प्रहरीले उनीहरूको साथबाट रामेछाप घर भई भक्तपुरको लोकन्थली बस्ने रामकुमार खड्काको हराएको बागमती प्रदेश ०२-०३४ प ०९ १८ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

कार्यालयका अनुसार उक्त मोटरसाइकल उनीहरूले नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेका थिए ।

spot_img

Hot Topics

Related Articles