Thursday, January 23, 2025

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

मकवानपुर - मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर–७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । 

मदन भण्डारी लोकमार्ग अन्तर्गत झुरझुरेबाट हेटौँडा जाँदै  गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठाेक्किएकाे हाे । 

दुर्घटनामा माेटरसाइकलका चालक बाग्मती गाउँपालिका वडा नम्बर–६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएकाे छ । उहाँकाे उपचारका क्रममा काठमाण्डौको न्युरो अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

घाइते भएका २२ वर्षीय प्रदीप लोप्चन उपचारपछि घर फर्किएका भण्डारीले बताउनु भयाे ।

spot_img

Hot Topics

Related Articles