Thursday, April 18, 2024

बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

खोटाङ— १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४३ वर्षीय शमशेर गुरुङ शुक्रबार पक्राउ परेका हुन् । 

मादक पदार्थ सेवन गरेर बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

गुरुङलाई आइतबार अदालतमा पेस गरी म्याद लिई थप अनुसन्धान अघि बढाउने तयारी रहेको कार्कीको भनाइ छ ।

spot_img

Hot Topics

Related Articles