Saturday, February 15, 2025

पोखराको घैयाँखेतमा बस दुर्घटना, १६ यात्रु घाइते, चारको अवस्था गम्भीर

कास्की— पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज लगिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिवकुमार पाठकले जानकारी दिए ।

पोखरा— १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो । घाइतेमध्ये चारको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ ।

चालकलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार बिकले जानकारी दिए।

spot_img

Hot Topics

Related Articles