Thursday, April 18, 2024

पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

काभ्रे-    काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ सिलाभञ्ज्याङमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल बोकेको गाडी दुर्घटना हुँदा कुशादेवीका ४० बर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका वडा नम्बर २ का ५० बर्षीय विक्रम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरु दुबैलाई बनेपाकाे शिर मेमाेरियल अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बेथानचोक गाउँपालिका वडा नम्बर २ का ४५ बर्षीया सारदा तिमल्सिना घाइते भएकी छन् ।

उनको टाउको घाँटी र दुबै हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।।

spot_img

Hot Topics

Related Articles