सिन्धुली – तेश्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा नेपाल माझी उत्थान सँघ सिन्धुली ए ले नेपाल माझी उत्थान सँघ मोरङलाई ३–० गोलले पराजित गरेको छ ।


युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले आज तेश्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल प्रतियोगिता २०८०को सिन्धुलीको मरिण बाह्रविसेमा उद्घाटन गर्नु भएको थियो ।

भोलि १४ गते विहान ८ बजे नेपाल माझी उत्थान सँघ लम्जुङ र नेपाल माझी उत्थान सँघ बाग्लुङ पर्वत विच खेल हुनेछ ।

त्यस्तै दिउँसो १.३० बजे हुने खेलमा नेपाल माझी उत्थान सँघ रौतहट र नेपाल माझी उत्थान सँघ सिन्धुपाल्चोक विच खेल हुने नेपाल माझि उत्थान संघ सिन्धुलीले जनाएको छ । खेल मरिणको बाह्रविसे खेल मैदानमा हुनेछ । तेश्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल प्रतियोगिता नेपाल माझि उत्थान सँघ सिन्धुलीको आयोजनामा भएको हो ।
