सिन्धुली - सिन्धुलीको मरिण बाह्रविसेमा सन्चालित तेश्रो राष्ट्रिय माझि गोल्ड कप फुटबल प्रतियोगितामा आज मंगलबार विहान भएको खेलमा नेपाल माझि उत्थान सँघ लम्जुङले नेपाल माझि उत्थान सँघ पर्वतलाई २–० गोलले पराजित गरेको छ ।

नेपाल माझी उत्थान सँघ सिन्धुलीको आयोजनामा भएको प्रतियोगितामा आजै दिउँसो दुई खेल हुने आयोजकले जनाएको छ । जसमा रौतहट र सिन्धुपाल्चोक विच खेल हुनेछ भने महोत्तरी र धनुषा विच पनि खेल हुनेछ ।
